युक्रेन भ्रमण गर्दै अमेरिकाका विदेशमन्त्री र रक्षामन्त्री



एजेन्सी । गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता पहिलो पटक अमेरिकी विदेश मन्त्री तथा रक्षा मन्त्रीले राजधानी किभको भ्रमण गर्ने भएका छन् ।

किभको भूमिगत रेल स्टेशनमा आयोजित पत्रकार सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन तथा रक्षामन्त्री लोइड अष्टिनले किभ भ्रमण गर्न लागेको जानकारी दिएका हुन् ।

यसबारे अमेरिकी प्रशासन ह्वाइट हाउसले कुनै टिप्पणी नगरिसकेको बीबीसीले जनाएको छ । जेलेन्स्कीका अनुसार रुसी आक्रमणको प्रतिकार गर्न युक्रेनलाई आवश्यक हतियारको आपूर्तिबारे अमेरिकी मन्त्रीहरुसँग युक्रेनी पक्षले छलफल गर्नेछ ।

पत्रकार सम्मेलनमा जेलेन्स्कीले अर्कोपटक अमेरिकी राष्ट्रपति जो बाइडेनले किभको भ्रमण गर्ने अपेक्षा गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्