रुसी फौजले क्षेप्यास्त्र आक्रमण गर्दा ८ जनाको मृत्यु



एजेन्सी । रुसी फौजले दक्षिणी युक्रेनको ओदेसा शहरमा क्षेप्यास्त्र आक्रमण गर्दा कम्तीमा ८ जनाको मृत्यु भएको छ । ओदेसा शहरमा रहेको सैन्य पूर्वाधारलाई लक्षित गरी रुसी क्षेप्यास्त्र आक्रमण भएको बीबीसीले जनाएको छ ।

यद्यपि आक्रमणका क्रममा दुई आवासीय भवन पनि क्षतिग्रस्त भएको बताइएको छ । मारिनेमा तीन महिने शिशु र उनकी आमा समेत रहेको बीबीसीले जनाएको छ । मारिने आमाको नाम भलेरिया र उनकी शिशु छोरीको नाम किरा रहेको बीबीसी युक्रेनी सेवाकी पत्रकार मिरोस्लाभा पेस्ताले जानकारी दिएकी छिन् ।

यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओदेसामा भएको क्षेप्यास्त्र आक्रमणको निन्दा गरेको बीबीसीले जनाएको छ । ‘यो एकदमै आतंक हो‘ उनीहरुलाई मतलब नै छैन ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्