बार्सिलोना घरेलु मैदानमा पराजित



काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना  घरेलु मैदान नोउ क्याम्पमा रायो भालेकानोसँग १-० अन्तरले पराजित भएको छ । भ्रमणकारी टोलीका अल्भारो गार्सिया खेलको सातौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्दा जाभी होर्नाण्डेजको बार्सिलोना घरेलु मैदानमा हार बेहोर्न बाध्य भएको हो । 

बार्सिलोनाको हारसँगै शीर्ष स्थानको रियल मड्रिडलाई फाइदा भएको छ। उसलाई अब एक अङ्क भए ३५ औँ पटक स्पेनिस ला लिगाको उपाधि जित्नेछ। हारसँगै बार्सिलोना ३३ खेलबाट ६३ अङ्कसहित दोस्रो स्थानमा छ । समान अङ्कको सेभिया तेस्रो स्थानमा छ । जित निकालेको रायो भालेकानो ४० अङ्कसहित ११औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्