सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुनको भाउ सोमबार प्रतितोलामा तीन सय रुपैयाँले घटेका छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजाबी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ । आइतबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार तीन सय ५० रुपैयाँ ताेकिएको छ ।

प्रतिक्रिया दिनुहोस्