भारतमा पछिल्लो २४ घण्टामा थप २४८३ जनामा कोरोना पुष्टि



एजेन्सी । पछिल्लो समय भारतमा कोरोना संक्रमण दर दैनिक बढ्दो क्रममा रहेको छ। पछिल्लो २४ घन्टामा थप २४८३ जनामा कोरोना संक्रमण देखिएको छ। हाल कोरोना संक्रमण दर ०.५५ प्रतिशत रहेको छ। सक्रिय संक्रमितको संख्या १५ हजार ६३६ पुगेको छ।

पछिल्लो २४ घन्टामा १९७० जनाले कोरोना जितेका छन् । आज देखिएको कोरोना संक्रमितको संख्या भने सोमबारको तुलनामा कम हो । सोमबार २ हजार ५ सय ४१ जनामा संक्रमण देखिएको थियो । सोही दिन कोरोनाबाट ३० जनाले ज्यान गुमाएका थिए । आइतबार २५९३ जना कोरोना संक्रमित थपिएका थिए ।

पछिल्‍ला दिनमा दैनिक साढे २ हजार भन्दा बढी कोरोनाका बिरामी बढिरहेका छन् । भारतमा कोरोनाको चौथो लहरको खतरा बढेको बताइएको छ । भारतमा पछिल्लो समय कोरोना भाइरस बालबालिकाहरुमा तीव्र दरमा फैलिरहेको छ । नोएडामा पछिल्लो २४ घन्टामा २३ बालबालिकामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, दिल्लीमा पछिल्लो २४ घन्टामा १ हजार ११ जना नयाँ कोभिडका बिरामी फेला परेका छन् । आज ८१७ जना कोरोनामुक्त भएका छन् भने एकजनाको मृत्यु भएको छ । भारतमा कोरोनाबाट ५ लाख २३ हजार ६२२ जनाको मृत्यु भएको छ । ४ करोड ३० लाख ६२ हजार ५६९ जनामा संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्