आईएमफको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत



काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ)ले समेत नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको छ । आईएमएफका अनुसार सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने छ । यसअघि विश्व बैंकले अघिल्लो साता ३.७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको थियो ।

यस वर्ष सरकारले बजेटमार्फत ७ प्रतिशत हाराहारीको आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको छ । यद्दपी लक्ष्य अनुसार प्रगति भने प्राप्त नहुने सरकारले स्वीकार गरिसकेको छ । आइएमएफका अनुसार एसियाली भेगका विकाससिल मुलुकमा औसतः ५.४ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने छ । एसियाका विकसित मुलुकको भने २.७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने छ । पुरै एसियाको भने ४.९ प्रतिशत आर्थिक वृद्धिदर रहने छ ।

प्रतिक्रिया दिनुहोस्