सेयर बजार आज ३५ अंकले घट्यो, एक अर्ब ४ करोडको कारोबार



काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार पनि ओरालो लागेको छ । अघिल्लो दिन झण्डै ३५ अंकले घट्दै २३ सय ८६ अंकमा अडिएको नेप्सेमा आज पुनः १५ अंकको गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १५.०२ अंकले घट्दै २३ सय ७०.९९ अंकमा झरेको छ । दोहोरो अंकले घटेको बजारमा आज कारोबार रकम समेत एक अर्ब ४ करोड रुपैयाँमा खुम्चिन पुगेको छ ।

आज १३ वटा उपसूचकहरु मध्ये सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक १.४९ प्रतिशतले घटेको छ भने, इनभेष्टमेन्ट समूह १.३९ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह १।०१ प्रतिशतले र फाइनान्स समूह ०.९९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्