महशुल नबुझाउँदा काटियो उपमहानगरको विद्युत लाइन



दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा विद्युत बिहीन भएको छ। कार्यालयको विदुत काटिएको २४ घण्टासम्म पनि विद्युत लाइन जोडने प्रयास भएको छैन।

नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले १ लाख ६० हजार विद्युत बक्यौता उपमहानगरपालिकाले नतिरेको भन्दै कार्यालयमा जडान गरिएको विद्युत लाइन काटेको जनाएको छ। विद्युत महशुल बुझाउन पटक–पटक ताकेता गर्दापनि कुनै जवाफ नआएपछि मंगलबार विहान उपमहानगरको कार्यालयको विद्यतु लाइन काटिएको विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जनाएको छ।

सडक बत्ती र कार्यालयको गरी विद्युत बक्यौता रकम करीब १ करोड पुग्दा पनि उपमहानगरले विद्युत महशुल बुझाउन कुनै चासो नदेखाएपछि विद्युत लाइन काट्नुपरेको वितरण केन्दका प्रमुख ज्ञान बहादुर फर्सालले बताए।

विद्युत महशुल रकम बुझाउन पटक–पटक पत्राचार गर्दा पनि उपमहानगरले कुनै प्रतिकृया नजनाएकाले बाध्य भएर विद्युत लाइन काट्नुपरेको उनले बताए।

‘हामीले पटक–पटक विद्युत महसुल बुझाउन पत्र मार्फत ताकेता गर्दै आएका थियौँ, उनले भने–‘उपमहानगरले कुनै पनि प्रतिकृया नदिएपछि बाध्य भएर विद्युत लाइन काट्नु परेको हो। समयमै महशुल बुझाइदिएको भए हामीलाई लाइन काट्नु पर्ने थिएन’ उनले भने, उपमहानगरपालिकाले कार्यालयको जरीवाना सहित एकलाख ६० हजार बक्यौता छ। जुन ४ महिना देखिको हो।’

सडकबत्तीको पनि जरीवाना सहित झण्डै एक करोड हुन थालेको फर्सालको भनाइ छ। पालिकाले गत साउन महिनामा सडकबत्तिको ३० लाख महशुल बुझाएको भएपनि अझै ९० लाख बुझाउन बाँकी रहेको उनले बताए।

केहि समय पहिले सरकारी हिसाव मिलान हुँदा विद्युत रकम बुझ्न बुझाउन सजिलो भए पनि अहिले पुनः प्राधिकरणलाई सरकारी निकायहरुबाट विद्युत महशुल उठाउन गाह्रो भएको उनले बताए।

समयमै विद्युत महशुल नबुझाउँदा बक्यौता रकम बढ्दै जाने र विद्युत लाइन काट्नुपर्ने अवस्था आउने उनी बताउँछन्।विद्युत लाइन काटिसेपछि पनि विद्युत रकम बुझाउने र विद्युत जडान गुर्नपर्यो भनि पालिकाका कुनैपनि कर्मचारी सम्पर्कमा नआएको उनले बताए।

‘लाइन काटिएपछि किन काटियो, कर्मचारीमाथी अन्याय भयो भनेर एकपटक फोन गर्नुभयो, त्यसपछि कुनैपनि फोन सम्पर्क भएको छैन, उनले भने– ‘जबसम्म तिनुैपर्ने रकम तिर्नुहुँदैन तव सम्म लाइन जोडिने सम्भावपना छैन। कार्यालयको ४ महिना देखिको विद्युत महशुल बुझाउन बाँकी रहेको भएपनि सडकबत्तीको भने वर्षौदेखिको महशुल बुझाउन बाँकी रहेको उनले बताए।

तुलसीपुर उपमहानगरपालिकाले भने नियमित रुपमा विद्युत महशुल र्तिदै आएको बताएको छ। जनप्रतिनिधि नभएको मौका पारेर कर्मचारीलाई सास्ती दिने उदेश्यले नियतबस विद्युत लाइन काटिएकोउपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बताए।

एक पटकपनि नसोधेर जानकारी विनानै विद्युत लाइन काटिनु नियतवस देखिएको उनले बताए। उनले विद्युत महशुल बुझाउने, विद्युत लाईन काट्ने कटाउने विषयमा नीतिगत निर्णय गर्न जरुरी रहेको बताए। सडकबत्तीको विद्युत महशुल रकम उठाउने रणनीतिले कार्यालयको विद्युत लाइन काटिएको उनी बताउँछन्।

केहि समय पहिले पनि बसपार्कको विद्युत लाइन काट्दा तुलसीपुर बसर्पाकको तिर्नुपर्ने ८ लाख रकम मध्ये ३ लाख ठेकेदारले र ५ लाख नगरपालिकाले बुझाएको उनले बताए। पालिकाको पनि मिटर बक्स अनुसार बुझाउँदै आएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्