कराँचीमा भएको बम हमलामा तीन चिनियाँ शिक्षकको मृत्यु



एजेन्सी । पाकिस्तानको दक्षिणी सहर कराँचीमा भएको बम हमलामा तीन चिनियाँ शिक्षक र उनीहरूका पाकिस्तानी चालक मारिएका छन् ।

विश्वविद्यालय नजिक भएको सो आत्मघाती हमलामा अन्य चार जना घाइते भएका छन् । विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युट नजिक भएको सो हमलामा कम्तीमा चार जना घाइते भएका छन् ।

चिनियाँ कर्मचारी बोकेको कारमा हमला गरिएको विखन्डनकारी बालोचन लिबरेसन आर्मी ९बीएलए० ले जनाएको छ । महिला आत्मघाती आक्रमणकारीले सो हमला गरेको सो समूहले जनाएको छ ।

समूहले पाकिस्तानमा चिनियाँ लगानीको विरोध गर्दै आएको छ । चिनियाँ लगानीबाट स्थानीय लाभान्नित हुन नसकेको सो समूहले जनाएको छ ।

समूहका तर्फबाट महिला आत्मघातीले गरेको यो पहिलो हमला हो । पाकिस्तानी तालिबानले जस्तै समूहले बारम्बार चिनियाँ नागरिकहरूलाई निशाना बनाउँदै आएको छ । चीनले पाकिस्तानमा ठूला पूर्वाधार परियोजनाहरूमा लगानी गरेको छ । त्यसमध्मे बलुचिस्तान प्रान्त पनि समावेश छ ।

प्रतिक्रिया दिनुहोस्