अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस कोरोना संक्रमीत



एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण भएको छ । ह्यारिसले मंगलबार आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालबाट जानकारी दिएकी थिइन् ।

एक साता लामो क्यालिफोर्निया भ्रमणबाट फर्किएपछि कोभिड-१९ परीक्षण गर्दा ह्यारिसमा संक्रमण पुष्टि भएको हो । उनको एन्टिजेन परीक्षण गरिएको थियो ।

ह्यारिसले कोरोना भारइसविरूद्ध पूर्ण डोज खोप लगाएको थिइन्। आफूले बुस्टर डोज पनि लगाएको उनले उल्लेख गरेकी छन् । उनलाई कोरोनाको लक्षण भने देखिएको छैन ।

चिकित्सकको सिफारिसमा ह्यारिसले फाइजरको एन्टिभाइरल चक्की प्याक्सलोभिड सेवन गरिरहेको ह्यारिसका प्रेस सचिव कर्स्टन एलेनले बताएका छन्।

उनी अहिले क्वारेन्टिनमा छिन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशकटेड्रोस अधानोम गेब्रेयससले ह्यारिसको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्