शिक्षामन्त्री भन्छन् : एसईईमा देखिएका समस्या समाधान हुन्छन्



काठमाडौं । शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताएका छन् ।

चितवनस्थित लक्ष्मी मावि लङ्कुमा सञ्चालित एसईई परीक्षा निरीक्षणपछि आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले एसईई परीक्षामा सामान्य केही समस्या देखिएको बताए ।

केही प्रश्नपत्रहरूमा शिक्षकहरूको समेत गुनासो आएको छ, यसलाई हामी समीक्षा गर्छौं,उनले भने । देशैभर एसईई शान्त रुपमा भइरहेको उनले जानकारी दिए ।

अर्को प्रसंगमा बोल्दै उनले चितवनमा निर्माण हुने भनिएको शिक्षक अस्पतालको काम प्रभावकारी तवरले अघि बढेको बताए । कानुनी प्रक्रिया, जग्गा प्राप्ति बजेटको सुनिश्चितता लगायतको काम भइसकेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्