आईपीएलमा दिल्लीले कोलकातालाई हरायो



काठमाडौं । कोलकाता नाइट राइडर्सलाई ४ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा दिल्ली क्यापिटल्सले चौथो जित  निकालेको छ। बिहीबार राति कोलकाताले दिएको १४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

दिल्लीको जितमा डेभिड वार्नरले सर्वाधिक ४२ रन जोडे। रोभम्यान पावेलले ३३ रनको योगदान गरे । कोलकाताका उमेश यादवले ३ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो। कोलकाताका नितिश रानाले सर्वाधिक ५७ रन बनाए । कप्तान श्रेयस एयरले ४२ रनको योगदान गरे।

दिल्लीका कुलदीप यादवले ४  र मुस्तफिजुर रहमानले ३ विकेट लिए । जितसँगै दिल्ली ८ खेलमा ८ अङ्क जोडेर  छैटौं स्थानमा  छ । कोलकाता ९ खेलमा ६ अङ्क जोडेर आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्