नेप्से परिसूचकमा उच्च गिरावट, एक अर्ब ४२ करोडको कारोबार



काठमाडौं । सोमबार सेयर बजार नेप्से परिसूचकमा उच्च गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से झन्डै ४९ अङ्कले घटेको हो । आज नेप्से ४८ दशमलव ७३ अङ्कले घटेर दुई हजार तीन सय सात दशमलव ४४ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, विकास बैंक, उत्पादन र होटल समूहको शेयर उच्च अङ्कले घटेको छ ।

शेयर बजार घटेको दिन दुई सय २८ कम्पनीका ३९ लाख ७८ हजार कित्ता शेयर एक अर्ब ४२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ४७ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्