रेनु दाहालको भाषणले दंगदास भएको छु : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेनु दाहालको खुलेरै प्रशंसा गरेका छन् । चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै नेपालले रेणु दाहालको भाषण सुनेर आफू दंगदास भएको बताएका हुन् ।

‘पहिलो कुरा म रेणु दाहालको भाषण सुनेर दंगदास भएको छु । उनले चितवनमा गरेको प्रगतिको प्रतिवेदन सुनेर निकै खुसी भएँ,’ नेपालले भने । रेणु दाहालले चितवनमा विकास गरेको देखेर आफू निकै खुसी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्