अख्तियार प्रमुखमा नवीन घिमिरे सिफारिस



संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीनकुमार घिमिरेको नाम सिफारिस गरेको छ । परिषद्को बुधबार बिहान बसेको बैठकले घिमिरेको नाम सिफारिस गर्ने निर्णय गरेको छ । घिमिरे हाल  अख्तियारको कामु प्रमुख रहेका छन् ।

सिफारिसँगै अब उनको नाम संसदीय सुनुवाईमा पठाइनेछ ।  संसदीय सुनुवाई समितिबाट उनको नाम अनुमोदन भएमा राष्ट्रपतिबाट अख्तियारको प्रमुख आयुक्तमा नियुक्त हुनेछन् ।

अख्तियार प्रमुख दीप बस्नेतको बहिर्गमनपछि  उनी कामुको हैसियतमा छन् ।

घिमिरे २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्