दाईजोमा सर्प दिने यस्तो गाउँ !



काठमाडाैं : विवाहमा दाइजोको रुपमा रुपैयाँ, पैसा, गाडी दिनु आम चलन हो। तर, भारतको मध्यप्रदेश बसिआएका सपेरिया (सर्प नचाउने) समुदायमा अनौठो दाइजो दिन चलन छ। उक्त समुदायले दाइजोको रुपमा २१ वटा विषालु सर्प दिने गरेका छन्। यो परम्परा सदियौँदेखि चल्दै आएको छ।

सर्प दाइजो दिएन भने वैवाहिक सम्बन्ध छिट्टै टुट्छ भन्ने मान्याता छ। भनिन्छ केटीको विवाह पक्का भएपछि उसको परिवारका सदस्यले सर्प समात्न सुरु गर्छन्। यस समुदायका बच्चाहरु सर्पदेखि डराउँदैनन्। बरु सर्पसँगै खेलिरहेका देखिन्छन्। खासगरी यो समुदायको पेशा सर्प समात्ने हो। यी समुदायका मान्छेहरु अरुलाई सर्प देखाएर पैसा कमाउँछन्।

प्रतिक्रिया दिनुहोस्