छानी छानी भाडामा गर्लफ्रेण्ड



काठमाडाैं : सपिङ मलमा भाडामा युवती त्यो पनि २२ रुपियाँमा २० मिनेट। यो अचम्म लाग्दो अफरले अहिले मलमा युवा ग्राहकको सङ्ख्या बढेको मिडिया रिपोर्टहरूमा उल्लेख छ। ११ फिलिपिनो पिसोमा पाइने ती युवतीहहरूसँग मज्जाले समय बिताउन सकिने जनाइएको छ। तर छुन पाइँदैन।

उक्त सपिङ मलको यो अफरपछि त्यहाँ युवाहरूको निकै भिड लाग्न थालेको विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरूले खबर लेखेका छन्। दक्षिणी चीनको हुआन सहरमा रहेको वाइटैलिटी सिटी सपिङ मलमा यो अफर सुरु गरिएको हो। त्यहाँ १५ सुन्दर युवतीहरू भाडामा राखिएको छ।

यस मलमा प्रवेश गर्ने बित्तिकै ग्राहकका लागि युवतीहरू लाइनमा उभिएका हुन्छन्। उनीहरू मध्यबाट ग्राहकले आफूलाई मनपरेकी युवतीसँग समय बिताउन सक्छन्। यो अवधिमा सपिङ, डिनर, कफी, गफगाफ गर्न सकिन्छ तर ती युवतीसँग रासलीलाको सोचचाहिँ नराखेको राम्रो। त्यसमा निषेध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्