प्रशान्त महासागरमा दुर्घटना हुनुअघिको विमानको भिडियो सार्वजनिक



काठमाडौं : पपुआ न्यु गिनीमा अवतरण गर्ने क्रममा प्रशान्त महासागरमा दुर्घटनाग्रस्त भएको विमानको ककपिटको भिडियो फूटेज सार्वजनिक भएको छ। सन् २०१८ को सेप्टेम्बर महिनामा उक्त दुर्घटना भएको थियो र त्यसको भिडियो सोमवार सार्वजनिक गरिएको हो। उक्त दुर्घटनामा एकजना पुरुष यात्री मारिएका थिए भने अन्य नौजना घाइते भएका थिए।

विमानमा रहेका ३४ यात्रीहरू वेनो टापुनजिक रहेको चूक लागूनबाट सुरक्षित उद्धार गरिएका थिए। धावनमार्गले चेतावनीको बत्ती बाल्दै विमान मास्तिर तान्न भनी अनेकौं सन्देश दिएको भए पनि पाइलटहरूले त्यसलाई बेवास्ता गरेको दुर्घटनाको अनुसन्धानका क्रममा खुलेको छ। 

अनुसन्धान प्रतिवेदनमा पाइलटहरूले पहिलेपहिले पनि विमानस्थलमा अवतरण गर्दा चेतावनीलाई बेवास्ता गर्ने गरेको उल्लेख गरिएको छ। तर यस दुर्घटनामा चाहिँ आँधी आएकाले पाइलटहरूले धावनमार्ग नदेखेको र पेलेर अघि बढ्न खोज्दा विपतको सामना गर्नुपरेको पाइएको छ। 

दुर्घटनाका लागि दोषारोपण गरिएको भए पनि पपुआ न्यु गिनीका पाइलट र अस्ट्रेलियाली कोपाइलटको नाम प्रतिवेदनमा सार्वजनिक गरिएको छैन। 

प्रतिक्रिया दिनुहोस्