महिला अधिकृतले हाँकेको महोत्तरीको एउटा मतदान केन्द्र



महोत्तरी । महोत्तरीको एउटा मतदान केन्द्रमा महिलाहरूले मात्र जिम्मेवारी पाएका छन् । जिल्लाको बर्दिबास नगरपालिकास्थित जनता माध्यमिक विद्यालय ‘क’मा मतदान अधिकृतसहित सबै महिला छन् ।

महिलाहरूले मात्र जिम्मेवारी लिएको यो जिल्लाकै पहिलो मतदान केन्द्र हो । मतदान केन्द्रमा मतदान अधिकृत रमा सर्मा ढकालको नेतृत्वमा चार जना महिला खटिएका छन् ।

‘महिलाहरू हरेक क्षेत्रमा पुरुष विना नै सहभागी बन्न सक्छन् भन्ने निर्वाचन आयोगले सन्देश प्रवाह गरेको छ,’ निर्वाचन कार्यालय बर्दिबासकी सहायक निर्वाचन अधिकृत शर्मिला तामाङले भनिन् ।

वडा नम्बर(२ स्थित एक हजार आठ जना मतदाता रहेको उक्त केन्द्रमा मतदान अधिकृत रमा शर्मा ढकालसहित सहायक अधिकृत प्रेम कुमारी, सहायक कर्मचारी सुस्मा थापा, विनीता दाहाल घिमिरे र ममता थापाले हाँकिरहेका हुन् ।

प्रतिक्रिया दिनुहोस्