केराको बिल सुनेपछि राहुल बोस झन्डै बेहोस (भिडियो सहित)



काठमाडौँ: हामीले तारे होटलहरुकाबारेमा धेरै सुनेका छौ । सामान्य मानिसको पहुँचभन्दा धेरै टाढा छ भन्ने त हामीले सुनेका छौ । त्यहाँ खाएको या बसेको अरूभन्दा धेरै महँगो हुन्छ भन्ने त सुनेको वा भोगेका छौँ होला । तर यतिसम्म महँगो हुन्छ भनेर कसैले कल्पना पनि गरेको छैन होला ।

बलिउड नायक राहुल बोसमाथि जे भयो त्यो थाहा पाएपछि सबै जना चकित छन् । उनले एक पाँचतारे होटेलमा दुईवटा केरा खाए । दुईवटा केराका लागि बिल थियो ४ सय ४२ भारु ।राहुलले यसबारे ट्वीटरमार्फत् जानकारी दिए ।

राहुलले भिडियो सुट गरेर आफू तत्काल सुटिङका लागि चन्डीगढमा भएको र त्यहाँको जेडब्ल्यू म्यारियोट होटेलमा बसेको बसेको जानकारी दिए । भिडियो पोस्ट गर्दागर्दै उनले लेखे, ‘यो विश्वास गर्नका लागि तपाईँले यो हेर्नुपर्छ । फलफुलले तपाईँको अस्तित्वमा क्षति पुर्याउँछ भनेर कसले भन्छ ? जेडब्ल्यू म्यारियोट चन्डिगढलाई सोध्नुहोस् । ’

 

@JWMarriottChd #goingbananas #howtogetfitandgobroke #potassiumforkings pic.twitter.com/SNJvecHvZB

— Rahul Bose (@RahulBose1) July 22, 2019

प्रतिक्रिया दिनुहोस्