अनौठो संसार गोमन सर्पले निल्यो सानो सर्प (खतरनाक भिडियो)



काठमाडौं : थाइल्यान्डको क्राबीमा एक गोमन सर्पले सानो सर्प पूरै निलिदिएको छ। सर्प पाल्ने व्यक्ति पान्या तुल्यासुकले जोई नामक गोमन सर्पलाई सानो सर्प खान दिएका थिए। गोमनले सानो सर्पलाई केही मिनेटमै खाइदियो। 

पान्याले भने, ‘जोई अझै बच्चै छ त्यसैले उसले साना सर्प मात्र खान सक्छ। ऊ ठूलो भएपछि हामी उसलाई कुखुराको मासु र भ्यागुता खान दिन्छौं। उसले दिनदिनै खाना खानुपर्दैन। एउटा सर्प खायो मात्र भने पनि उसको पेट चारपाँच दिनका लागि भरिन्छ।’

भिडियोमा गोमन सर्पले बिस्तारै सर्प खाएर खाँदाखाँदै निलेको थियो। सर्पको कंकाल हुने भए पनि त्यसलाई खाने सर्पले पचाइदिन सक्छ। त्यसका लागि उसले मांसपेशी खुम्च्याउने अनि पाचन एन्जाइम प्रयोग गर्ने गर्छ।

पचाउन नसकेको कुरा चाहिँ उसले छादेर निकाल्छ। गोमन सर्पले बाटोमा भेटेका साना जनावरलाई खाइदिन्छ। घरमा पालिएका सर्पलाई मुसा खुवाउने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्