१३ सय फीटमाथि हात टेकेर यी व्यक्तिले देखाए चटक (रोमाञ्चक भिडियो)



काठमाडौं : नर्वेको आन्डाल्सनेसमा एस्किल रोनिङ्सबाक्केनले एउटा भर्‍याङ बनाएर त्यसमा हातले टेकेर चटक देखाएका छन्। तेह्रसय फीट अग्लो भ्युपोइन्टमा गएर उनले शरीरलाई सन्तुलनमा राख्दै यो स्टन्ट गरेका हुन्। हातले टेकेर उनले अविश्वसनीय शक्तिका साथ सन्तुलन मिलाउँदै स्टन्ट देखाए। 

उनले भने, ‘म राम्पेस्ट्रेकेन गएँ र भ्युपोइन्टसम्मको १.७ किलोमिटर हिँडेर पुगें। अनि भर्‍याङको टुप्पोमा सन्तुलन मिलाउन सकें। मैले ह्यान्डस्ट्यान्ड स्टन्ट गरें र यसलाई एकदमै मिलाएर गर्नुपर्ने हुन्छ। गल्ती पटक्कै गर्न मिल्दैन। तर म कलात्मकताका लागि यस्तो कठिन कार्य गर्ने गर्छु।’ रोनिङ्सबाक्केनले ४०औं जन्मदिन मनाउने क्रममा यो स्टन्ट देखाएका हुन्।

प्रतिक्रिया दिनुहोस्