युवतीको पेटबाट निकालियो १.५ किलो गहना र ९० सिक्का, डाक्टर पनि चकित 



पश्चिम बंगमलको बीरभूम जिल्लाको एक सरकारी अस्पतालमा एक अनौठो घटना भएको छ । यहाँ एक युवतीको पेटबाट डेढ किलोग्राम गहना र ९० वटा सिक्का अपरेशन पछि निकालिएको छ । 

२६ वर्षकी उक्त युवतीको मानसिक स्थिति ठिक नभएको बताइएको छ । 

रामपुरहाटको सरकारी मेडिकल कलेज एन्ड अस्पतालका सर्जरी विभागका प्रमुख सिद्धार्थ विश्वासका अनुसार, २६ वर्षकी युवतीको पेटबाट ५ र १० रु को ९० वटा सिक्का र गहनामा चेन, औठी, झुम्का, चुरा, पायल, घडि आदि निकालिएको छ । 

उनले भने, 'हामीले सर्जरी गरेर युवतीको पेटबाट ९० वटा सिक्काकासाथै धेरैजसो तामा र पितलबाट बनेका गहना र केहि सुनका गहना पनि निकाल्यौँ ।' 

ती युवतीकी आमाका अनुसार, घरबाट गहना गायब भइरहेका थिए । उनले भनिन्, 'मेरी छोरी मानसिक रुपले अस्वस्थ छिन् । पछिल्लो समय उनले खाना खाएर हरेक दिन फाल्थिन् ।'

साथै उनले भनिन्, 'उनकी छोरीले उसको भाईको पसलबाट सिक्का पाउँथिन् । हामीलाई उनीमाथि शंका लाग्यो, तर जतिबेला हामी उनलाई सोध्थ्यौँ, उनी रुन लाग्थिन् । त्यसपछि हामी उनीमाथि नजर राख्न थाल्यौँ, तैपनि कसरी-कसरी उनी यी सब कुरा निलिरहेकी रहेछिन् । उनी पछिल्लो दुई महिनादेखि ठिक थिइनन् ।' 

युवतीकी आमाका अनुसार, 'हामीले उनलाई निजी डाक्टरलाई देखाउन लगेका थियौँ, तर उनी ठिक भइनन् । त्यसपछि उनलाई उक्त हस्पिटलमा लगियो र एक हप्तासम्म अलग-अलग टेस्ट गरेर हाक्टरहरुले उनको अप्रेशन गरे ।'

प्रतिक्रिया दिनुहोस्