महोत्तरीको मनरासिस्वा नगरपालिकामा एमालेको अग्रता



महोत्तरी । मनरासिस्वा नगरपालिकाको प्रारम्भिक मतगणनाको नतिजामा नेकपा एमालेले अग्रता लिएको छ । मेयर पदको लागी नेकपा एमालेले ४६६ मत प्राप्त गरेसँगै निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसले ४५२ मत प्राप्त गरेको छ ।

त्यसैगरी लोसपाले १४७, जसपाले २८५ मत प्राप्त गरेका निर्वाचन कार्यालय मनरासिस्वाले जनाएको छ । उपमेयरमा भने नेपाली काङ्ग्रेसले ४४३ मत ल्याएर अग्रता लिएको छ । काङ्ग्रेसको पछि-पछि नेकपा एमालेले ४३४ मत ल्याएर प्रतिस्पर्धामा छ ।

यस्तै लोसपाका उपमेयर १२७, जसपाका उपमेयरले २७२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्