मृतक भिखारीको झोलामा भेटियो साढे ३ लाख !



काठमाडाैं : भारतको अनन्तपुर जिल्लाको गुन्टकलका स्थानीय वासिन्दाले एक भिकारी सुतेको ठाउँमै मृत्यु भएको खबर प्रहरीलाई दिए। प्रहरीले सोधपुछ गरी उसको पहिचान गर्नका लागि उसका सामान खोलखाल पारे। यसै दौरान धेरै संख्यामा सिक्का र नोट प्रहरीले फेला पारे।

पछि प्रहरीले भिखारीले जम्मा गरेको पैसा गन्दा तीन लाख २२ हजार ६ सय ७६ भारतीय रुपैयाँ (झण्डै नेपाली ५ लाख १७ हजार रुपैँया) पुग्यो। प्रहरीले भिकारीको पहिचान बाशाको रुपमा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पछिल्लो १२ वर्षदेखि हजरत मस्ताना भाली दरगाहको बाहिर भिक मागिरहेको थियो।

भिकारीको झोलाबाट कुनै प्रकारको परिचय खुल्ने पत्र भेटिएन, तर वर्षौँदेखि जम्मा पारेको लाखौँ पैसा मात्रै भेटिएको थियो। स्थानीयवासीका अनुसार, शासा पसल गर्नेहरुका लागि सिक्काको एजेन्ट रहेको बताए। उनीसँग ५ सयको नोटका लागि पनि खुद्रा हुने गर्थ्यो। उसले ठूलो अंकको नोट खुद्रा गरिदिए वापत ५ वा १ रुपैयाँ लिने गर्थ्यो।

प्रतिक्रिया दिनुहोस्