काठमाडौंमा बालेनको अग्रता कायमै, पछ्याउँदै केशव



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।

राति ९:३८ बजेसम्मको अपडेटअनुसार शाहले ७३६ मत ल्याएका छन् भने उनलाई एमालेका केशव स्थापितले पछ्याइरहेका छन् । स्थापितले ६२० मत ल्याएका छन् । यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४२६ मत प्राप्त गरेकी छन् ।

अहिले वडा नम्बर १, २, ३, ४ र ३२ को मत गणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्