आफ्नो बच्चा नभएको भन्दै मलेसियाली राजाले दिए पत्नीलाई ‘डिभोर्स’



काठमाडाैं : मलेसियाका पूर्वसुल्तान मोहम्मद–भीले एक साताअघि रुसी मोडल तथा उनकी पत्निसँग सम्बन्धविच्छेद गरेका छन्। पत्नीले हालै जन्मदिएको बच्चा आफ्नो नभएको दाबी गर्दै मोहम्मदले सम्बन्धविच्छेद गरेको बताइएको छ।

पूर्वसुल्तानले भर्खरै जन्मिएको बच्चाको पिता आफू नभएर अरु कोही हुनसक्ने बताएको विदशी सञ्चारमाध्यमले जनाएका छन्। ५१ वर्षीय सुल्तानले २७ वर्षीय पूर्व मिस मस्को रिहाना ओक्साना गोर्बाटेन्कोसँग विवाह गरेपछि यसै वर्षको सुरुवात, जनवारीमा गद्दी त्योगका थिए।

रिहानाले गत मे महिनामा एक छोराको जन्म दिएकी छिन्, जसको नाम इस्माइल लायन राखिएको छ। लायन जन्मिएको केही सातापछि नै सम्बन्धविच्छेदको एक कपी रिहानाले सुल्तानलाई पठाएकी थिइन्। रिहानाको यस कदमलाई लिएर धेरै जनाले आलोचना गरिरहेका छन्।

यसै महिनाको सुरुवातमा दुवैको ‘डिभोर्स’ भएको खबर बाहिरएको थियो। रिहाना यतिबेला रुस फर्किइसकेकी छिन् र उनी आफ्नो नवजात शिशुसँगको तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी छिन्।  सम्बन्धविच्छेदको पत्र सार्वजनिक हुनअघि रिहानाले मलेसियाली सञ्चारमाध्यमसँग भनेकी थिइन् – यो उत्तेजनाको एक अभ्यास हो।

हामीले सम्बन्धविच्छेद गरेका छैनौँ। यी दुवैको सम्बन्धविच्छेद सिंगापुरमा दर्ता गरिएको थियो। सिंगापुरका वकिल कोह तियान हुआले सुल्तान मोहम्मदको तर्फबाट ‘स्ट्रेट टाइम्स’सँग भने – बच्चाको जैविक पितालाई लिएर अहिलेसम्म कुनै ठोस प्रमाण जुटेको छैन।

प्रतिक्रिया दिनुहोस्