जनकपुरमा कांग्रेसका बागी मनोज साह दाेब्बर मतले अगाडि



जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार दाेब्बर मतले अगाडि देखिएका छन् । कांग्रेसका बागी उम्मेदवार समेत रहेका मनोजकुमार साहले १२ सय ६४ मत पाएर अगाडि बढेका छन् । उनीभन्दा पछाडि रहेका एमालेका शिवशंकर साहले ६ सय ३८ मत पाएका छन् ।

अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ३ सय ८० मत ल्याएका छन् । यस्तै सत्ता गठबन्धन दलका तर्फबाट जसपाका उम्मेदवार निवर्तमान नगरप्रमुख लालकिशोर साहले जम्मा १ सय ९६ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्