सर्लाही हरिवनको मेयर उपमेयरमा एमालेको अग्रता कायमै



सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा नेकपा एमालेले दोब्बरभन्दा बढी मतले अग्रता कायम गरेको छ । वडा नम्बर १, २ र ३ को मत गणना सकिँदा सम्म मेयरमा एमालेका गणेश प्रसाद प्रसाईंले २१३२ मतसहित लिड गरिरहेका छन् भने उपमेयरमा पनि एमालेकै हरिमाया घलानले २२०३ मतसहित लिड गरिरहेकी छन् ।

हरिवनमा एकीकृत समाजवादी पार्टीले मेयरमा एमालेलाई पछ्याई रहेको छ भने उपमेयरमा नेपाली कांग्रेसले पछ्याई रहेको छ । मेयरमा समाजवादीका सुरेन्द्र लामाले १०४२ मतसहित प्रसाईँलाई पछ्याएका हुन् भने कांग्रेसकी सोनी लोप्चनले १४५१ मतसहित उपमेयरमा घलानलाई पछ्याएकी हुन् । त्यस्तै मेयरमा माओवादी केन्द्रका रमेश बुढाथोकी (रमेश) १०१० मतसहित तेश्रो नम्बरमा छन् भने कांग्रेसका रामप्रसाद मैनाली ८३८ मतसहित चौथो नम्बरमा छन् ।

त्यस्तै उपमेयरमा माओवादी केन्द्रकी पदमा मोक्तान ८७७ मतसहित तेश्रो नम्बरमा छिन् भने एकीकृत समाजवादीकी सीता थापा ६३५ मतसहित चौथो नम्बरमा छिन् । हरिवनमा अहिलेसम्म ३ ओटा वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये नेपाली काँग्रेस वडा नम्बर १ र २ मा विजयी भएको छ भने वडा नम्बर ३ मा एमाले विजयी भएको छ । 

प्रतिक्रिया दिनुहोस्