भरतपुरमा रेनुलाई झिनो मतले अग्रता, पछिपछि विजय



काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल झिनो मतान्तरले अग्रता कायम राखेकी छन् ।

चार हजार ८७७ मत गणना हुँदा रेनुले १७२७ र एमालेका उम्मेदवार विजय सुवेदीले १६४७ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले ५७९ मत पाएकी छन् ।

उपमेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ज्ञडढछ मत पाएका छन् । त्यस्तै राप्रपा उम्मेदवार हिमला गुरुङले १३३३ मत पाएकी छन् ।

भरतपुरमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको तालमेल छ । नेकपा एमालेले पनि राप्रपासँग तालमेल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्