कांग्रेसले टिकट दिएन, बागी बनेर वडाध्यक्षमा बाजी



काठमाडौं । नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको वडामा कांग्रेसकै बागी उम्मेदवारले वडाध्यक्षमा बाजी मारेका छन् ।

पार्टीले टिकट नदिएपछि धारा चुनाव चिन्हबाट निर्वाचन लडेका शान्तिनगर गाउँपालिका वडा नं.२ का २३ वर्षीय सुनिल वलीले १०७ मतान्तरका साथ वडाध्यक्षमा बाजी मारेका हुन् ।

मत परिणाम अनुसार वलीले ७४८ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका ठाकुर केसीले ६४१ मत प्राप्त गरेका थिए।

त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार टोपेन्द्रा खड्काले ४७६, नेकपा एमालेका पूर्णबहादुर वलीले ३१४ मत, नेकपा एकीकृत समाजवादीका खम्बु जैसीले १४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका टंकप्रसाद पाण्डेले वडाध्यक्षमा जम्मा ३ मात्रै प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्