भक्तपुरका विद्यालयमा सातामा २ दिन बिदा नदिन निर्देशन



भक्तपुर । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू नगर्न भक्तपुर नगरपालिकाले मातहतका विद्यालयलाई निर्देशन दिएको छ ।
नगरपालिकाले आइतबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्म आइतबार विद्यालय बन्द नगर्न भनेको छ । ‘सरकारले जेठ १ गतेदेखि लागू हुनेगरी हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय भए पनि भक्तपुर नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मका लागि साबिक बमोजिम नै विद्यालय सञ्चालन गर्न र गराउन अनुरोध छ,’ भक्तपुर नगरपालिकाको सूचनामा भनिएको छ ।
शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले अहिले भर्ना कार्यक्रम जारी रहेको र नगरपालिकामा जनप्रतिनिधि नभएकाले बिदा दिने निर्णय नगरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्