रसुवाको आमाछोदिङमो गाउँपालिकामा कांग्रेस विजयी



रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएकाे छ। अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस विजयी भएकाे हाेअध्यक्षमा बुचुङ तामाङ १ हजार ४३० मतसहित विजयी भए।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका फर्पुसिंगी तामाङले १ हजार ३४५ मत पाए । उपाध्यक्षमा कांग्रेसकी चण्डिका तामाङ १ हजार ३८१ मत ल्याएर निर्वाचित भइन्। उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी एमालेकी नविना लामाले १ हजार २२३ मत प्राप्त गरिन् । २०७४ सालमा भएको निर्वाचनमा अध्यक्षमा बुचुङ तामाङले नै जितेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्