काठमाडौंमा बालेनको फराकिलो अग्रता, कसको कति मत ?



काठमाडौं । काठमाडौं महानगरपालिकामा १४ हजार ६११ मत गणना भएको छ। जारी मत गणनामा महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । सोमवार बिहानसम्म बालेनले ५ हजार ६६५ मत पाएका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ३ हजार ४६ मत पाएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २ हजार ६४० मत पाएकी छन् । राप्रपाले ५४१ मत पाएको छ ।

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरालमा लिड गरेकी छन् । डंगोलले ५ हजार ८४४ मत पाएकी छन् । उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १ हजार ६०९ मत पाएका छन् । तेस्रो स्थानमा राप्रपाले १२३१ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्