भरतपुर अपडेट : एमालेले लियो ४ मतको अग्रता



चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ४ मतको अग्रता लिएका छन् । जारी मतगणनामा सुवेदीले ३६ सय ३३ मत ल्याँउदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले ३६ सय २९ मत ल्याएकी छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ सय ९७ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले अग्रता कायम राखेका छन्। अहिलेसम्म उनले ४ हजार ११३ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्दी राप्रपाकी हिमला गुरुङले २ हजार ८६१ मत पाएकी छन् । भरतपुरमा १० हजार ४०५ मतगणना भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्