महोत्तरीको बर्दिबासमा स्वतन्त्र उम्मेदवारको अग्रता



महोत्तरी । माओवादी केन्द्रको दवदवा रहेको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन् । नेपाली कांग्रेसबाट अन्तिम समयमा टिकट खोसिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका क्षेत्री सबै दलहरुलाई पछि पार्दै अगाडि बढेका छन् ।

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाटै उम्मेदवारी दिएका क्षेत्रीले झण्डै १ हजार मतले  माओवादी केन्द्रसँग पराजय बेहोरेका थिए। प्यानलसहित दर्ता गरेका क्षेत्री समुहले २ वटा वडामा जितसमेत हासिल गरिसकेको छ । वडा न.७, १४ र वडा न.१ मा  क्षेत्री समूहको जेब्रा चिन्हवाट जित हासिल गरेको हो । वडा न.७ मा रामसोगारथ यादव, वडा न.८ मा भोला यादव र वडा न.१४ विजय महतो विजयी वनेका छन ।

उनीहरू दलका उम्मेदवार तथा आफ्नै आधिकारिक उम्मेदवारहरूसँग  १ /१ मतले विजयी बन्दै गएका छन् । वडा न.१४ मा कांग्रेसका आधिकारिक उम्मेदवार भरत हमाललाइ जम्मा १ मतले उछिन्दै विजय महतो विजयी भए । निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार विजयले ५०८ मत प्राप्त गरेका छन भने कांग्रेसका उम्मेदवार हमालले ५०७ मत प्राप्त गरेका छन  ।

प्रतिक्रिया दिनुहोस्