अछाममा भाइलाई हराउँदै दाजु बने पालिका अध्यक्ष



अछाम । अछामको बान्‍नीगढी जयगढ गाउँपालिकामा दाइले भाइलाई पराजित गरेका छन् । कांग्रेसका टेकबहादुर साउँदले एमालेका लोकबहादुर साउँदलाई ४ सय ९८ मतान्तरले पराजित गरेका हुन् । टेक ३ हजार ११२ मतसहित विजयी हुँदा लोकले २ हजार ६१४ मत मात्र पाए ।

बान्‍नीगढ-३ बर्दादेवी धारासैन घर भएका साउँद दाजुभाइ फरक-फरक पार्टीबाट उम्मेदवार बनेका थिए । एउटै खलकका उनीहरुका बुवा दाजुभाइ हुन् । टेक कांग्रेस अछामको पूर्वपार्टी सचिव हुन् भने एमाले बान्‍नीगढ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुन् ।

उपाध्यक्षमा भने एमालेका विन्दु रावल निर्वाचित भएकी छन् । रावल २ हजार ७ सय ३१ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्र उम्मेदवार निर्मला साउँदले २ हजार ७ सय १७ मत पाइन् ।

प्रतिक्रिया दिनुहोस्