ओलीको जन्मगाउँ आठराईमा कांग्रेस र माओवादी विजयी



तेह्रथुम। तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी भएको छ। अन्तिम मतपरिणामअनुसार कांग्रेसका दिलकुमार पाहीमले एमालेलाई हराएका छन्। पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्म गाउँ समेत रहेको आठराई गाउँपालिकामा पाहीमले गठबन्धनको सहयोगमा जितेका हुन्।

पाहिमले ४ हजार ६ सय ९९ मत पाएका छन् । उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका रामचन्द्र थपलियाले ४ हजार ८ मत प्राप्त गरेका छन्। पाहिमले थपलियालाई ६ सय ८४ मतान्तरले जितेका हुन्। उपाध्यक्षमा ४ हजार ८० मत प्राप्त गरी सत्ता गठबन्धनकै नेकपा माओवादीका बलिराज ईङनाम विजयी भएका छन्।

निवर्तमान उपाध्यक्ष समेत रहेकी एमालेकी उम्मेदवार रुपादेवी कन्दङवालाई १० मत अन्तरले पछि पार्दै ईङनाम विजयी भएका हुन् । कन्दङवाले ४ हजार ७० मत प्राप्त गरिन् । एमाले अध्यक्ष ओली यहाँको इवा गाउँमा जन्मिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्