नवजातलाई दूधको साटो चियाकफी दिइएपछि भयो मृत्यु



काठमाडौं : भारतको फरीदाबादमा नवजातलाई चिया पिलाएका कारण मृत्यु भएको छ। नवजातको फोक्सोमा संक्रमण भएपछि मृत्यु भएको हो। नवजात निकै छटपटाएपछि परिवारका मानिसले उसलाई बीके अस्पतालको बाल सघन उपचार वार्डमा भर्ना गरे।

उसको स्वास्थ्य निकै गम्भीर भएपछि त्यहाँका चिकित्सकले दिल्ली रेफर गरे। तर परिवारका मानिसले नवजातलाई दिल्ली नलगेपछि बुधवार उसको मृत्यु भयो। चिकित्सकहरूका अनुसार, नवजात शिशुलाई परिवारका मानिसले चिया, कफी, दही जस्ता कुरा पनि पिलाएका थिए। तीन दिनकी बच्चीलाई परिवारले पचाउनै नसक्ने खाद्यवस्तु दिएको चिकित्सक मेधाले बताइन्। 

फोक्सोमा संक्रमण भएकाले नवजातलाई सास फेर्न गाह्रो भएको थियो। बीके अस्पतालमा नवजातलाई २४ घन्टा भर्ना गराइयो। चिकित्सकले मेधाले नवजातको बारेमा सबै कुरा बताएर परिवारका मानिसले दिल्ली लग्न भने पनि उनीहरूले आलटाल गरे र वार्डमै नवजातको निधन भयो।

प्रतिक्रिया दिनुहोस्