कनकासुन्दरी गाउँपालिका अध्यक्षमा कांग्रेसका आचार्य, उपाध्यक्ष बुढा विजयी



जुम्ला । कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दामोदर आचार्य विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसकै प्रेमकली बुढा विजयी भएकी हुन् ।

आचार्यले दुई हजार आठ सय ६ मत प्राप्त गरेका छन् । उपाध्यक्ष बुढाले दुई हजार तीन सय ८० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रत्यासी माओवादीका धनबहादुर रावत दुई हजार पाँच सय ६२ र उपाध्यक्ष रीता खत्रीले एक हजार नौ सय ४५ मत प्राप्त गरेकी छन् ।

कनकासुन्दरीमा २०७४ सालमा पनि कांगेका अध्यक्ष नरवीर रावत र उपाध्यक्ष उर्मिला भण्डारी विजयी भएका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार कनकासुन्दरी गाउँपालिकामा ७०४३ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्