काठमाडौं-२ मा एमालेको प्यानल विजयी



काठमाडौं । महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले एक हजार ३७९ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत प्राप्त गरे।

वडा सदस्यमा एमालेका पदमकाजी महर्जन, विमल गरुङ, महिला सदस्यमा पूर्णलक्ष्मी रजत, दलित महिला सदस्यमा ईश्वरी परियार विजयी भएको मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । जारी मतगणनामा महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्