कांग्रेस ६९, एमाले ४५ र माओवादी ३४ मा विजयी



काठमाडौं ।  स्थानीय तहको निर्वाचनको एक सय ४३ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेसले ६९ र नेकपा एमालेले ४५ वटा पालिकाको प्रमुखमा जित हासिल गरेका छन् । यस्तै माओवादी केन्द्रले ३४, नेकपा एकीकृत समाजवादीले २ वटा, नेमकिपा १ र स्वतन्त्रले एउटा पालिकाको प्रमुख जितेका छन् ।

यस्तै उपप्रमुखमा कांग्रेसले ७१, एमालेले ४४, माओवादीले २६, एकीकृत समाजवादीले ५, जसपाले २, राष्ट्रिय जनमोर्चा र नेकपाले १, स्वतन्त्रले २ पालिका जितेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्