उपराष्ट्रपति पुनले बहिनीहरुसँग लगाए टीका



 

काठमाडौं :   उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भाइटीका लगाएका छन् । उनले शुक्रबार बिहान ११ः५५ बजे उपराष्ट्रपति निवास कपुरधारामा भाइटीका लगाएका हुन् ।

 

आफ्नो एकमात्र दिदी गृहजिल्ला रोल्पामा रहेकाले उपराष्ट्रपतिले नजिकका बहिनीहरुसँग भाइटीका लगाए ।

 

उपराष्ट्रपति पुनलाई चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाले भाइटीका लगाइदिएको उनका प्रेस सल्लाहकार मनोज घर्तीमगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्