निरन्तर अग्रता लिदैं बालेन, कटाए ९ हजार मत



काठमाडौं । बालेन्द्र शाह उर्फ बालेनले ९ हजार मत कटाएका छन् । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेनले लगातार मत बढाएका हुन् ।

पछिल्लो मत परिणाम अनुसार उनले ९ हजार १८६ मत पाएका छन् । उनी कंग्रेस र एमालेका प्रतिस्पर्धी भन्दा दोब्बर मतले अगाडि छन् । एमालेका केशव स्थापितले चार हजार ९४८ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले चार हजार १९३ मत पाएकी छन् ।

मतगणनाको सुरुदेखि नै अग्रता लिएका बालेनले त्यसलाई कायम राखेका हुन् । अहिलेसम्म काठमाडौं महानगरको वडा नं १ र २ को नतिजा सार्वजनिक भइसकेको छ भने ३,४, ३१ र ३४ नम्बर वडाको मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्