धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी



जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । अध्यक्षमा राजकुमार साहले २ हजार २६२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका जिवेन्द्र झाले २ हजार १६३ मत ल्याएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए । यस्तै उपाध्यक्षमा कांग्रेसकै रामवती देवी मण्डल निर्वाचित भएकी हुन् ।

उनले २ हजार ४३० मत ल्याएकी हुन् भने उनको निकटतम प्रतिद्वन्दी लोसपाकी रञ्जिता देवी मण्डलले १ हजार ९०१ मत ल्याएकी हुन् । यस्तै वडा नं. १ बाहेक ४ वटा वडामा कांग्रेसकै वडाध्यक्ष निर्वाचित भएका छन् । वडा नं. १ मा लोसपाको प्यानल विजयी भएको हो । 

प्रतिक्रिया दिनुहोस्