डडेल्धुराकाे भागेश्‍वरमा कांग्रेस विजयी



डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेकाे छ ।  कांग्रेस वडादेखि पालिकासम्म विजयी भएकाे हाेहेमराज चटौत २ हजार ३११ मतसहित अध्यक्षमा विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी एमालेका रामबहादुर शाहीले १ हजार ७८ मत ल्याए ।  

उपाध्यक्षमा कांग्रेसकै पुष्पा ठकुराठी २ हजार ३४८ मतसहित विजयी भएकी छन् । प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८३२ मतमात्र ल्याइन्। पाँच वडा रहेको भागेश्वरमा चार वडामा कांग्रेस विजयी भएकाे छ । एक वडामा भने स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन्।

१ मा स्वतन्त्र उम्मेदवार मणिकराज भट्ट ३५४ मतका साथ विजयी भए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामबहादुर ठकुरीले ३०८ मत ल्याए।भागेश्वर कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको गृहपालिका हो ।

प्रतिक्रिया दिनुहोस्