सर्लाहीको कौडेना गाउँपालिकामा काँग्रेसका रुपेश कुमार विजयी



सर्लाही । सर्लाहीको कौडेना गाउँपालिकामा नेपाली कांग्रसले जित निकालेको छ । कांग्रेसबाट गाउँपालिका अध्यक्षमा रुपेश कुमार यादव र उपाध्यक्षमा नगिना देवी निर्वाचित भएका छन् ।

भरखरै सम्पन्न मतगणानाको परिणाम अनुसार गाउँपालिका अध्यक्षमा रुपेश कुमारले ५२८१ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदरवार राजिनन्दन प्राद चौधरीले २४८१ मत प्राप्त गरेको कौडैनाका निर्वाचन अधिकृत विश्वनाथ अर्यालले जानकारी दिएका छन् ।

त्यस्तै उपप्रमुखमा नगिना देवीले ४ हजार ९ सय ६३ मत प्राप्त गरी निर्वाचित भएकी छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदरवार पलवी देवी यादवले २ हजार ६ सय ६२ मत प्राप्त गरेकी थिइन् ।

कौडेना गाउँपालिकामा ७ वटा वडा रहेको छ जस मध्ये वडा नं.१,२,४,५ मा नेपाली कांग्रेस निर्वाचित भएको छ भने वडा नं।७ मा राष्ट्रिय प्रजातन्त्र पाटी, वडा नं.६ मा ओवादी केन्द्र, वडा नं.३ मा जनता समाजवादी पार्टी नेपालका वडा अध्यक्षहरु निर्वाचित भएका छन् ।

यो सँगै सर्लाहीमा नेपाली कांग्रेसले तिन वटा गाउँपालिका र एउटा नगरपालिका गरी ४ पालिका जितेको छ भने माओवादी केन्द्रले एउटा गाउँपालिका र नगरपालिका गरी २ पालिका जितेको छ । सर्लाहीमा अहिलेसम्म अन्य पार्टीले कुनै पनि पालिकामा खाता खोलेको छैनन् ।

प्रतिक्रिया दिनुहोस्