![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2022/05/280386867_1050259575867906_1864728075815393198_n.jpg.jpg?fit=1728%2C909&ssl=1)
काठमाडौं । संघीय संसदअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बसिरहेको छ ।
मंगलबार अपरान्ह ४ बजेबाट सुरु हुने संघीय संसदको ११औं अधिवेशनअन्तर्गत प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बैठक बसिरहेको हो ।
उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित रहेको छ । संसदको नवौं र दशौं अधिवेशनका सबै बैठकमा नाराबाजी गर्दै रोष्ट्रम गरेको एमालेले मंगलबारबाट सुरु हुने प्रतिनिधिसभा बैठकमा पनि अवरोध गर्ने तयारी गरेको छ ।