काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिवल टोलीका सदस्य उषा भण्डारी र कामना विष्ट माल्दिभ्स घरेलु लिग खेल्न त्यसतर्फ प्रस्थान गरेका छन्।
राष्ट्रिय भलिबल टोलीकी पूर्व सदस्य कोपिला उप्रेतीको समन्वयमा नेपाल पुलिसका ओपन स्पाइकरसमेत रहेका २ खेलाडी पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन्।
माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ राष्ट्रिय लिगमा १० टोली सहभागी छन्। माल्दिभ्स लिग यही १९ मे बिहीबारदेखि ३१ मेसम्म चल्नेछ।
जसमा कामनाले माल्दिभ्स पुलिस सर्भिसबाट खेल्नेछिन् भने उषाले माल्दिभ्स नेशनल डिफेन्स फोर्सबाट खेल्नेछन्।