जनकपुरधाम उपमहानगरमा बागी उम्मेदवार मनोजको अग्रता कायमै



जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको जारी मतगणनामा कांग्रेसका बागी उम्मेदवार मनोज साहले अग्रता कायमै राखेका छन् ।
जनकपुरधामको १,२,३,४,५,६ र २५ वडाको मतगणना पश्चात् मनोज ३९५६ मत ल्याइ अग्रस्थानमा छन् । उनलाई एमालेका शिवशंकर साह हिराले २०८६ मत ल्याइ पछ्याइ रहेका छन् । मनोज र हिरा बिचको मतान्तर १८७० मतको छ ।
त्यस्तै लोसपाका मनोज चौधरी ११२६, स्वतन्त्र उम्मेदवार बलराम महतोले १११३ मत ल्याएका छन् ।
सत्ता गठबन्धनका उम्मेदवार जसपाका लालकिशोर साह ८७६ र स्वतन्त्र उम्मेदवार जानकीराम साहले ४९३ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्